शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गभर्नरको नियुक्ती लकडाउनपछि मात्र


  • मंगलबार, चैत्र १८ २०७६
10.7K
SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ती लकडाउन सकिएपछि मात्र हुने भएको छ । सरकारी समाचार एजेन्सी रासससँगको अन्र्तवार्तामा अर्थमन्त्री डा। युवराज खतिवडाले लकडाउनको अवधि सकिएपछि मात्र गभर्नरको निर्णय गर्ने बताएका छन् ।

गभर्नर नियुक्त गर्नको लागि अर्थमन्त्री खतिवडा संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेको समिति गठन भइसकेको छ । समितिले एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारीस गर्छ । त्यसैमध्येबाट मन्त्रीपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

चैत ५ देखि डा। चिरन्जीवी नेपालको कार्यकाल सकिएसँगै गभर्नर पद खाली छ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले कामू गभर्नरको पद सम्हाल्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा