शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण निधन


  • मंगलबार, चैत्र १८ २०७६
22.7K
SHARES

कंगो । कंगोका पूर्वराष्ट्रपति ज्याकिज होम्बी ओपांगोको नोभेल कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

८१ वर्षीय होम्बी-ओपांगोको सोमबार पेरिस अस्पतालमा निधन भएको हो । उनका छोराले बाबु होम्बी-ओपांगोलाई यसअघि कोरोना संक्रमण भएको बताएका थिए । उनले सन् १९७७ देखि १९७९ सम्म कंगोमा शासन गरेका थिए ।

सन् १९३९ मा जन्मिएका उत्तरी कुभेटे क्षेत्रमा जन्मिएका होम्बी-ओपांगो सैनिक अफिसरबाट शक्ति आर्जन गर्दै तत्कालीन मारियन नगउबीको हत्यापछि राष्ट्रपति बनेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा