शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

यूएईमा ६ जना नेपालीमा कोरोना, दुई जनालाई निको भयाे


  • मंगलबार, चैत्र १८ २०७६
20.9K
SHARES

फाइल तस्विर

संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिलेसम्म ६ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएको छ । तीमध्ये दुई जना नेपाली निको भएका छन् ।

यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार यूएईमा फागुन २६ ९मार्च ९० मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रमित फेला परेका थिए । त्यस्तै चैत १४ ९मार्च २७० मा थप दुई जना नेपाली सहित ७२ जना र चैत १५ ९मार्च २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेको नेपाली दूतावासले जनाएको छ ।

सङ्क्रमित भएका ६ जना नेपालीमध्ये दुई जना गएको चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् र बाँकी चार जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासले जनाएको छ । उपचार गराइरहेका नेपालीको अवस्था सामान्य रहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रिता धितालले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा