काठमाडौं – विश्वभर महामारी फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या तीन हजार पुगेको छ । हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ३ हजार ८ जनाको मृत्यु भएको जोन्स हाप्किन्स युनिभर्सिटीको नयाँ तथ्यांक अनुसार बीबीसीले जनाएको छ ।
कोरोनाभाइरसकै कारण अमेरिकाको न्यूयोर्कमा सबैभन्दा बढीको मृत्यु भएको जनाइएको छ । हालसम्म न्यूयोर्कमा मात्र ९ सय १४ मृत्यु भइसकेको बीबीसीले जनाएको छ । विश्वभरमा कोरोना संक्रमित मानिसको संख्या अमेरिकामा नै बढी रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।