शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना भाइरस: संक्रमित चारै नेपालीको स्वास्थमा उल्लेख्य सुधार


  • मंगलबार, चैत्र १८ २०७६
10.7K
SHARES

देशभित्र कोरोना संक्रमित भएका पाँच जनामध्ये चार जना उपचाररत छन् । दुई जनाको राजधानी काठमाडौ मा २ जनाको काठमाडौ बाहिर उपचार भै रहेको छ । चारै जनाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भै रहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितमध्ये टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका दुईजना सामान्य अवस्थामा पुग्दैछन् । दुवैलाई ज्वरो नभएको र सामान्य खोकी पनि निकै कम भइसकेको बुझिएको छ । दोस्रो संक्रमित फ्रान्सबाट आएकी किशोरीलाई पूर्ण स्वस्थ हुने अपेक्षासहित अर्को हप्ताभित्र डिस्चार्ज गर्ने सम्भावना भएको टेकु अस्पताल स्रोतले जानकारी दिएको छ । अर्का उपचाररत युवक पनि अर्को हप्ताभित्र नै डिस्चार्ज हुनसक्छन्, विश्वस्त स्रोतले भन्यो ।

यसैगरी धनगढीमा उपचार गराइरहेका युवक पनि सामान्य हुँदै गएका छन् । युवकले पनि आफू सामान्य हुँदै गएको बताएका छन् । उनलाई ज्वरो नभएको र खोकी पनि नरहेको बताएका छन् । ती युवक दुबईबाट नेपाल फर्किएका हुन् ।

बाग्लुङमा भेटिएकी किशोरी पनि पोखरामा उपचार गराइरहेकी छिन् । उनको अवस्था पनि सामान्य बन्दै गएको छ ।

यसैगरी संक्रमितसँग सम्पर्कमा आएका सबैलाई आइशोलेशनमा राखिएको छ । जसमध्ये परिवार, आफन्त र सँगै प्लेनमा आएकाहरु छन् । तीमध्ये भेटिएका जतिलाई आइशोलेशनमा राखिएको छ । कतिपयलाई टेष्ट गर्दा नेगेटिभ भेटिएको छ ।

९ माघमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएपनि त्यसयता दुई महिना कुनैपनि संक्रमित भेटिएका थिएनन् । ९ चैत्रमा दोस्रोपटक संक्रमण फेला पर्यो । त्यसपछि गत हप्ता एकैपटक चारजना सक्रमित भेटिए ।

संक्रमितमध्ये दुईजना युरोप, दुईजना संयुक्त अरब इमिरेट्स र एकजना चीनबाट फर्केका नेपाली हुन् । दुईजना वैदेशिक रोजगारीबाट फर्केका हुन् भने तीन जना अध्ययनका सिलसिलामा विदेश गएका विद्यार्थी हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा