शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लकडाउन अवधिभर सेयर बजार बन्द हुने


  • सोमबार, चैत्र १७ २०७६
10K
SHARES

फाईल तस्बिर

काठमाडौं । लकडाउनको अवधिभर सेयर बजार बन्द रहने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार त्यसपछि पुनः लकडाउन भए अर्को निर्णय नेप्सेले गर्नेछ ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ । त्यसपछि पनि थप बन्द गर्न बोर्डले भनेपछि नेप्सेले बन्द गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा