शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चार संक्रमितका निकटस्थको परीक्षणमा पनि भेटिएन कोरोना संक्रमण


  • सोमबार, चैत्र १७ २०७६
8.7K
SHARES

कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको  नमूना परीक्षण गरिएको थियो।

हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ सशंकित बिरामीमा पनि कोरोना देखिएको छैन।

कोरोनाको शंकास्पदमा ७ जना आइसोलेसनमा छन्। तीन पाटन अस्पताल र चारजना टेकुमा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्। यसैगरी उपत्यका बाहिर  समेत गरी ९३ जना कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा