शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना अपडेट : घटेनन् लकडाउन उल्लंघन गर्ने सवारी


  • सोमबार, चैत्र १७ २०७६
8.7K
SHARES

सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिन लकडाउन गरेको छ। यो अवधिमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन र मानिसलाई हिँडडुलमा समेत रोक लगाइएको छ।

तर सरकारको उक्त निर्देशनमा समेत सवारी गुडाउनेको संख्यामा कमी आएको छैन। मुलुक लकडाउनमा गएको आज सातौं दिनमा समेत महानगरीय ट्राफिक प्रहरी महाशाखाले २ सय ४२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ।

नियम उल्लंघन गरी गुडाउने २ सय २६ दुईपांग्रे र १६ वटा चारपांग्रे सवारी नियन्त्रण लिइएको ट्राफिक प्रहरीको भनाइ छ। यी सवारीसाधन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ‌महाशखाले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा