शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

राधेराधेको १७ तले भवनमा अब खाद्यान्न भण्डार गरिने


  • सोमबार, चैत्र १७ २०७६
14.3K
SHARES

eQmk'/, !& r}t M vfBfGg e08f/ ug]{ ejg sf]/f]gf efO/; -sf]le8–!(_ sf] ;ªqmd0fnfO{ /f]syfd ug{ ;/sf/n] nfu" u/]sf] ns8fpg nlDab} uP lhNnfdf vfBfGg cefj x'g glbg dWok'/lyld /fw]/fw]l:yt vfBfGg e08f/ ug{] !& tn] vfnL ejg . ;f] ejgdf ;+o'Qm ;'/Iff kmf}hn] vfBfGg e08f/ ug{] tof/ ul/Psf] 5 . tl:a/ M /d]z lu/L÷/f;;

भक्तपुर – ‘लकडाउन’को कारण खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेमा रहेको १७ तले खाली भवनमा खाद्यान्न भण्डारण गरिने भएको छ ।

भवनमा नेपाली सेनाको नेतृत्वमा अभाव भएमा भक्तपुर जिल्लाका चारै वटा नगरपालिकामा वितरण गर्ने गरी खाद्य भण्डारण गर्ने भएको हो ।

भवन छनोटपछि दुर्गाप्रसाद न्यौपानेको राधेराधेमा रहेको प्रयोगविहीन १७ तले भवन हालको सङ्कटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपदमा निःशुल्क प्रयोग गर्नेगरी सुरक्षा फौजलाई उपलब्ध गर्न स्वीकृति दिनुभएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई भवन प्रयोग गर्नेबारे पत्राचार गरिसकेको छ । भवनमा खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको वीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाइ गरी तयारी अवस्थामा राखेको वीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । त्रिपाल ओछ्याउने र खाद्यान्न भण्डारणका लागि ठाउँ तयारी अवस्थामा राखिएको छ ।

लकडाउन लम्बिदै जाँदा खाद्य सामग्रीको अभाव भएमा जिल्लाका चारवटै नगरपालिकासँग समन्वय गरी सम्बन्धित नगरपालिकाको वडा कार्यालयमार्फत नागरिकलाई खाद्य सामग्री वितरण गर्न सकिने गरी तयारी गर्न लागिएको वीरदल गणका गणपति पौडेलले जानकारी दिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा