राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ ।
प्रयोगशालाका निर्देशक डा. रुना झाले जो कोहीको पनि कोरोना परिक्षण गराउन सक्ने र एक दिनमा धेरै व्यक्तिहरुको स्वास्थ्य परिक्षण गराउन सकिने बताए । सरकारले पीसीआर मसिन ३० हजार रिएजेन्ट ल्याएको छ । एउटा रिएजेन्टले एक जनाको नमुना परिक्षण गराउन सकिने छ ।
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतवार देखी परिक्षण सुरु गरिएको छ भने पोखरा , जनकपुर , हेटौडामा समेत परिक्षण सुरु गराउने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।