नेपाली सेनाको सुडान मिसनमा कार्यरत लेफ्टिनेन्ट कर्नेल रिदेश विष्टको मृत्यु भएको छ। चैत १३ गते लेफ्टिनेन्ट कर्नेल विष्टको हृदयघातका कारण मृत्यु भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।
‘ब्रिफिङको क्रममा हृदयघातको कारणले उहाँको मृत्यु भएको हो,’सैनिक प्रवक्ता पाण्डेले भने,’शवलाई नेपाल ल्याउने प्रयास भइरहेको छ।’ ९ महिनाअघि सुडान मिसन मुख्यालयमा विष्ट स्टाफ अफिसरका रूपमा खटिएका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।