शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

जुवा खेल्ने ११ जना पक्राउ


  • सोमबार, चैत्र १७ २०७६
12.2K
SHARES

फाइल तस्विर

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिराभवानी गाउँपालिका सखुबनिया टोल स्थित फुलबारीमा जुवा खेल्दै गरेका स्थानीय २८ वर्षीय धर्मराज पंजियार, ३२ वर्षीय सुरेश प्रसाद थारू, ३० वर्षीय बिनोद चौधरी, ३० वर्षीय बिनय थारु, गोबिन्द कुमार थारू, ओझैया थारु, शिव शंकर नुनिया, सूर्य नारायण पंजियार, ३२ वर्षीय हरिश्वर प्रसाद दहेत, ४८ वर्षीय शिव जनक गौरो र ३५ वर्षीय विरेन्द्र प्रसाद चौधरी पक्राउ परेका हुन् ।

‘लकडाउनको समयमा ११ जनाको संख्यामा भेला भई जुवातास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट गएको टोलीले उनीहरुलाई आइतबार साँझ नियन्त्रणमा लिएको थियो ।

जुवातास खेली रहेको स्थानबाट नगद ५७ हजार २ सय ९० रुपैयाँ समेत बरामद भएको प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा