शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

स्वास्थ्य मन्त्रालयको अपिल : हरेक मृत्युलाई कोरोनासँग नजोडौं


  • सोमबार, चैत्र १७ २०७६
10.6K
SHARES

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्नका लागि आग्रह गरेको छ ।

गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको हो।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘जो मर्‍यो, त्यो कोरोनाले मर्‍यो भन्ने ढंगले जसरी प्रचारप्रसार भएको छ । यो दुःखद् कुरा हो ।’

उनकाअनुसार नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ र स्थानीय तथा समुदाय स्तरमा फैलिन पाएको छैन ।

साथै, अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दापनि नेगेटिभ रिपोर्ट नै आएको छ । डा। कार्की भन्छन्, ‘अरुअरु रोगका कारण भएको मृत्युलाई पनि कोरोनाकै कारण भन्नु भनेको हामीलाई मनको त्रास असाध्यै भएको हो ।’

उनकाअनुसार कोरोना संक्रमण भइसकेपछि पनि ८० प्रतिशत मानिस सामान्य रुघाखोकी लागेको समयमा भन्दापनि कम बिरामी हुन्छन् । १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुनपर्ने तर औषधि खानुपर्ने हुने र बाँकी पाँच प्रतिशतलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने भन्दै उनले भने, ‘कोरोनाको संक्रमणको दर बढी छ। तर, कम मृत्यु हुने खालको रोग हो । साथै हामी कहाँ गाउँगाउँमा फैलिएको छैन र यहाँ एक व्यक्तिबाट अर्कोमा फैलिएको पनि छैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा