शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

नगरवासीलाई कोरोना सङ्क्रमणबाट बचाउन गोकर्णेश्वरमा ‘क्लोरिन स्प्रे’


  • सोमबार, चैत्र १७ २०७६
14.1K
SHARES

नगरवासीलाई कोरोना सङ्क्रमणबाट बचाउनका लागि गोकर्णेश्वर नगरपालिकामा ‘क्लोरिन स्प्रे’ छर्न शुरु गरिएको छ ।

क्लोरिन स्प्रे गरेपछि २४ घण्टासम्म कीटाणुबाट बच्न सकिने भएकाले त्रासबाट नागरिकलाई बचाउन सकिने चिकित्सकको सल्लाहअनुसार नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा क्लोरिन स्प्रे शुरु गरिएको जनाइएको छ ।

नगरापालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना अनुसार नगरापालिकाका वडा नं ५, ६, ७ र ८ क्षेत्रमा छर्की सकिएको छ । आज नगरपालिकाका वडा नं ९, ४, ३, २ र १ मा पनि क्लोरिन छर्कने कार्यक्रम रहेको बताए ।

खाद्यान्न अभाव हुन नदिन १० हटलाइनको व्यवस्था गरी नगरपालिकाको वेबसाइटमा राखिनुका साथै सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसका कारण अत्यावश्यक खाद्यान्नका लागि नगरवासीले चिन्ता लिनुनपर्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

बाहिरका मानिस प्रवेश निषेध नगरपालिकाको वडा नं ३ साविकको बालुवा गाविसका स्थानीयवासीले सूचना टाँस गरी बाहिरबाट आउने मानिसलाई वडाभित्र प्रवेशमा रोक लगाएका छन् । बाहिरबाट आएका मानिसका माध्यमबाट वडावासीमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावना देखिएकाले यस्तो गर्नुपरेको स्थानीय राजकुमार केसीले बताए ।

यज्ञडोल सामुदायिक वनको राष्ट्रिय शहीद स्मारक निर्माणस्थलमा बिहान धेरै मानिस प्रभातीय हिँडडुलमा आउने क्रम नरोकिँदा सङ्क्रमण फैलन सक्ने खतरालाई न्यून गर्न यसो गरिएको हो ।

स्थानीवासीले प्रहरीलाई समेत खबर गरेपछि हाल गस्ती बढाइएको छ । कोरोनाको खतरा अन्त्य नभएसम्म घरघरमा आउने पाहुनाका लागि पनि निषेध गरिएको सूचनामा उल्लेख छ ।

वडाध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गठन भएको विपद् व्यवस्थापन उपसमितिले विदेशबाट आएका मानिस छन् कि भनी खोज अभियानसमेत सञ्चालन गरेको थियो ।

पहिलो चरणको खोज अभियानबाट विदेशबाट आएका मानिस वडामा बसेको नभेटिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा