शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सेयर बजार तत्कालै नखुल्ने


  • सोमबार, चैत्र १७ २०७६
11.7K
SHARES

फाईल तस्बिर

काठमाडौं ।

सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ । त्यसपछि पनि थप बन्द गर्न निर्देशन दिएको अध्यक्ष ढुंगानाले बताए ।

कति दिन बन्द गर्ने निर्णय भने नेप्सेले नै गर्ने उनले बताए । ‘एक साताका लागि पनि हुनसक्छ, लकडाउन अवधिभर पनि हुनसक्छ’ उनले भने, हामीले निर्देशन दिएका छों, कति दिन बन्द गर्ने भन्ने निर्णयको जिम्मा नेप्सेको हो ।’

नेप्सेले पनि कतिदिन बन्द गर्ने सोमबार नै निर्णय गर्ने भएको छ । नेप्सेका सीईओ चन्द्रसिंह साउदले बजार कति बन्द गराउने भन्ने सोमबार निर्णय हुने बताए । उनले भने, ‘लकडाउन अवधिभर बन्द गर्ने गरी तयारी भइरहेको छ, तर अहिले नै यति दिन भन्न मिल्दैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा