शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना


  • सोमबार, चैत्र १७ २०७६
10.9K
SHARES

Hospital building sign closeup, with sky reflecting in the glass.

वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।

लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो ।

भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न शुरु गरेको थियो । उनलाई ज्वरो निको हुनाको साटो घरमा रहेका २७ वर्षीया श्रीमती, ११ र पाँच वर्षीया छोरी तथा आठ वर्षीय छोरालाई समेत ज्वरो आउन थालेपछि राति सल्यान अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको हो ।

जिल्ला अस्पताल सल्यानको आइसोलेशन वार्डमा राखेर उपचार गरिएका पाँचै जनाको अवस्था सामान्य रहेको सल्यान अस्पताल सल्यानका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए ।

“उहाँलाई भारतबाट आउनुँभन्दा एक महिना अगाडिदेखि नै ज्वरो आएको रहेछ, परिवारका अन्य चार जनामा ज्वरो देखिएको छैन, सबैजनाको अवस्था सामान्य रहेको छ”, डा बुढाले भने ।

भर्ना भएकाहरुमा कोरोनाको लक्षण नदेखिए पनि सवैको स्वाब परीक्षणका लागि संकलन गरेर पठाउने तयारी भइरहेको डा बुढाले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा