शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

१३ वर्ष अगाडि ४ वैज्ञानिकहरुले गरेका थिए कोरोना भाइरस भविष्यवाणी, अन्जाम दिँदा मच्चियो हाहाकार


  • आइतबार, चैत्र १६ २०७६
22.1K
SHARES

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस आतंक अहिले सारा विश्व भरि नै मडराई रहेको छ । भाइरसबाट लाखौँ मानिसहरु प्रभावित बनेका छन् । तर के तपाईलाई कोरोना भाइरसलाई लिएर हङ्कङका ४ वैज्ञानिकहरुले आजभन्दा १३ वर्ष पहिला नै यसको चेतावनी दिएका थिए ।

तर त्यो बेला कसैले पनि उनीहरुको कुरालाई महत्वपूर्णरुपमा हेरेनन् । त्यसकै कारण आज सारा विश्वले यो अवस्था भोगिरहनु परेको छ । हङ्कङका ४ वैज्ञानिकहरुले आजभन्दा १३ वर्ष पहिला एक रिसर्च रिभ्यु पेश गरेका थिए । जसमा अब चाँडै नै चीनको वन्यजन्तु बजारबाट सार्स जस्तै भाइरस जन्म लिने छ ।

यति ठूलो खतरालाई पनि अन्देख गरेपछि यो भाइरसको जन्म भएको बताइएको छ । १२ अक्टुबर सन् २००७ मा हङ्कङ युनिभर्सिटीका वैज्ञानिक विसेन्ट सीसी चेन्ग, सुसन्न केपी लाउ, प्याट्रिक सीवाई वु र क्वाँक युंग युएनले मिलेर एक रिसर्च रिभ्यु तयार पारेका थिए ।

जसमा सारा विश्वमा भएका भाइरसको बारेमा भएको रिसर्चको रिभ्यु गरिएको थियो । यसलाई अमेरिकन सोसाइटी फर माइक्रो बायोलोजीमा प्रकाशित पनि गरिएको थियो ।रिपोर्टका अनुसार वैज्ञानिकहरुले सन् २०२० मा दक्षिणी चीनको वन्यजन्तु बजारबाट सार्स जस्तै भाइरसको उदय हुने र चमेरोको माध्यमबाट कोभिड २ जस्तो भाइरस फैलिन सक्ने बताएका थिए ।

वैज्ञानिकहरुले अन्य भाइरस भन्दा यो भाइरस अत्याधिक शक्तिशाली हुने पनि दाबी गरेका थिए । उनीहरुले भनेका थिए जनावरहरुले आफ्नो अस्तित्व बचाउन यो भाइरस जन्माएको हो । -एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा