शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

राष्ट्रिय मृगौला उपचार केन्द्रका २ विरामीको मृत्यु


  • आइतबार, चैत्र १६ २०७६
54.1K
SHARES

बिश्वभरी महामारीको रुपमा फैलिएको रोग कोरोना भाईरसले सबैलाई त्रसित बनाएको छ । हालः लक डाउनले गर्दा धेरै ब्यक्तीहरुलाई आवत जावत गर्नलाई बिभिन्न समस्या आईपरेको छ । त्यसमा पनि धेरै जसो बिभिन्न प्रकारका बिरामीहरु मारमा परेका छन् । कोही बिरामी अस्पताल सम्म पुग्न सक्ने अवस्था छैन ।

कोही बिरामी अस्पतालमा पुग्न तथा चेक जाँच गर्न जान नपाउदै मृत्यु भएको अवस्था छ । यती बेला मृगौला पिडितहरु झन् मारमा परेका छन् । किनकी लक डाउनको प्रभावले गर्दा मृगौला पिडितहरुको डायलेसिस गर्नलाई पानी, औषधी र अन्य उपकरणहरुको अभाव छ । यही चैत्र १३ गते बिहिबारका दिन पोखरा स्थित लेखनाथ नगरपालीका, बुढी बजार स्थित करिब ३८ बर्षका छबी गुरुङ र अन्दाजी ३५ बर्षकी रिता श्रेष्ठको निधन भएको छ ।

बिहिबार बिहान १० बजे ईमर्जेन्सी राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली काठमाडौंमा डायलेसिसका लागि जानुपर्ने तर २,३ घन्टा सम्म कुरेर एम्बुलेन्सहरु बोलाउदा पनि नआईदिएपछि मृगौला पिडित छबी गुरुङको निधन भएको निजका आफन्तजनहरुले जानकारी गराएका छन् ।

यसलाई कस्को लापरबाही भन्ने ? के यही हो मानवता ? बाच्ने रहर कस्को हुँदैनर ? एम्बुलेन्सलाई जतिपनि तिर्न मञ्जुर थियौ भनेर निजका परिवारले बताएका छन् । राष्ट्रिय मृगौला उपचार केन्द्र, बनस्थलीले वास्ता नगरेको कुरा मृगौला पिडितहरुले गुनासो गरेका छन् । यती बेला छबी गुरुङ र रिता श्रेष्ठको परिवार शोकमा डुबेको छ । सायद उहाँहरुलाई एम्बुलेन्सले लिन गएर अस्पताल सम्म पुगी डाईलेसिस भएको भए अकल्पनिय निधन भने हुने थिएन । यस प्रति सरकारको चासो नभएकै हो त ? एकातिर कोरोना भाईरसको त्रास भने अर्को तिर मृगौला पिडितहरुले डायलेसिस गर्न नपाउदा कतै मरिनेपो होकी भन्ने त्रास मनमा छ ।

राष्ट्रिय मृगौला उपचार केन्द्र, बनस्थलीमा ४ घन्टा डायलेसिस गर्नु पर्नेमा २ घन्टा मात्र डायलेसिस गराईदिने त्यहाको पछिल्लो समयको नियम रहेको छ । त्यर्सैगरी सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र, भक्तपुरमा ४,४ घन्टा डायलेसिस गर्नुपर्नेमा ३ घन्टा र हप्तामा ३ पटक डायलेसिस गर्नेपर्नेमा २ पटक मात्र डायलेसिस गर्ने गरेको छ । त्यस्तै सामाखुसी, काठमाडौं स्थित रहेको बुलन्द सिटी हस्पिटलमा मृगौला पिडितहरुलाई हप्तामा २ पटक ४ घन्टाको दरले डाईलेसिस गर्नुपर्नेमा २ घन्टा मात्र डाईलेसिस गर्ने गरेको छ ।

बुलन्द सिटी हस्पिटलमा बिरामीहरु आफै स्वयमले पानी र अन्य आवश्यक पर्ने सामानहरु खरिद गरेर ल्याएपछि मात्र डाईलेसिस गरिदिने नत्र डाईलेसिस नगरिदिने गरेको भन्दै बिरामीहरुले गुनासो गरेका छन् । यस प्रति सम्बन्धीत निकाय र नेपाल सरकारको ध्यान जानेकी नजाने ? नेपाल सरकारले मृगौला पिडित ब्यक्तीहरु र अन्य आकस्मिक बिरामीहरुको लागी छिट्टै नयाँ कदम चालोस् । कोही पनि अल्पकाल मै मर्न नपरोस् ।

मृगौला पिडितहरुका लागी नेपाल सरकारले नयाँ ब्यव्स्था गरोस् भन्दै श्री मृर्गौला पिडित सरोकार समाज नेपालका केन्द्रिय अध्यक्ष बलराम सुबेदीले आवाज उठाईरहेका छन् । हालस् श्री मृर्गौला पिडित सरोकार समाज नेपालका केन्द्रिय अध्यक्ष बलराम सुबेदी कुन हस्पिटलमा के कस्तो लापरबाही गरेका छन् भनेर चेकजाँच गरिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा