शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

हवाई सेवा अप्रिल १५ सम्म स्थगित


  • आइतबार, चैत्र १६ २०७६
11.7K
SHARES

सरकारले अप्रिल १५ सम्म हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अप्रिल १५ सम्म हवाइ सेवा स्थगित गर्ने निर्णय गरेको हो। यस्तै समितिले भारत-नेपाल सीमामा अलपत्र नेपालीलाई भने नेपाल प्रवेश गर्न दिने समेत निर्णय गरेको छ।

‘अप्रिल १५  सम्म मुख्य हवाइ सेवा स्थगित गर्ने निर्णय भएको छ,’ बैठकपछि समितिका सदस्यले पत्रकारसमक्ष भने। उनले लकडाउन थप गर्ने विषयमा भने सिफारिस गरिएको तर कहिलेसम्म जारी राख्ने गरिएको भन्ने विषयमा भने खुलाउन चाहेनन्।

‘भारतमा लक डाउन भएकाले भिन्न रुपमा जान नसकिने भएकाले अवधि कहिलेसम्म भन्ने मन्त्रिपरिषद्ले तय गर्छ। निश्चित समय तोकिएको छैन। बढाउन सिफारिस मात्र गरेका छौं,’ उनले भने।

आइतबारै बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा