शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाण्डौंका निर्दयी घरधनी


  • आइतबार, चैत्र १६ २०७६
25.6K
SHARES

कोरोना संक्रमण (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेका बेला काठमाण्डौं उपत्यकाका केही घरधनीले दैनिक ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने अवस्थाका डेरावाललाई घरबाहिर निस्कन रोक लगाएको पाइएको छ ।

काममा गए घरै छाडेर जान धम्की दिन थालेपछि डेरामा बस्ने मजदुरमा परिवार भोकभोकै मर्नुपर्ने अवस्था आउने देखिएपछि त्यसबारे सरकारले मुख खोलेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति नै जारी गरेर घरधनीहरुलाई दैनिक ज्याला मजदुरी गर्ने डेरावललाई काममा जानबाट नरोक्न भनेको हो ।

मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी र वितरणमा संलग्न श्रमिकलाई काममा जानबाट नरोक्न आग्रह गरेको छ । मन्त्रालयले उद्योगी व्यवसायीलाई समेत त्यस्ता सेवामा काम गरिरहेका श्रमिकहरुमा संक्रमण हुन नदिन तोकिएको मापदण्डअनुसार सुरक्षा उपाय अबलम्बन गर्न पनि उद्योगी व्यवसायीलाई भनेको छ ।

‘श्रमिक तथा अन्य जो कोही जनशक्तिले संकटको यस घडीमा आफ्नो सुरक्षाको समेत ख्याल गर्दै पेशागत जिम्मेवारी, नैतिकता र इमानदारिताको पूर्ण पालना पर्ने हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा