आज मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह बैठक बस्ने तय भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आज अपरान्ह मन्त्रीपरिषद बैठक बस्ने जानकारी दिए । बैठकले ‘लकडाउन’ प्रभावितलाई विशेष राहत प्याकेज उपलब्ध गराउने बारे विशेष निर्णय गर्ने अपेक्षा गरिएको छ ।
सरकारले कोरोना भाइरसको रोकथामका लागि भन्दै देशभर साताव्यापी ‘लकडाउन’ गरेको छैटौं दिनमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
बैठकमा ‘लकडाउन’को समिक्षा, राहत प्याकेज घोषणा, अत्यावश्यक सामाग्रीको आयात लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ । त्यो सँगै ‘लकडाउन’को अवधि लम्ब्याउने अधिक सम्भावना रहेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।