भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । शनिबार ५ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्ली, केरला, तेलंगना, गुजरात र महाराष्ट्रमा एक एक जनाको निधन भएको छ । यो एकै दिनमा बढी मानिसको मृत्यु भएको पहिलो रेकर्ड हो । महाराष्ट्रमा ३३ जना थप संक्रमित भएका छन् ।
उत्तर प्रदेशमा ६६ जना संंक्रमित भइसकेको तथ्यांक छ । त्यहाँ शनिबार ११ जना संक्रमित भेटिएका छन् । बनारस, मेरट र गौतमबुद्धनगरमा संक्रमण भेटिएको हो । काश्मिरमा संक्रमितको संख्या बढेको छ । त्यहाँ ३३ जना संक्रमित भइसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।