शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राष्ट्रसंघका ८६ कर्मचारी कोरोना संक्रमित


  • आइतबार, चैत्र १६ २०७६
14.7K
SHARES

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी कोरोना भाइरस(कोभिड – १९)बाट संक्रमित भएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरू पनि भएका हुन् । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमितमध्ये अधिकांश यूरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् ।

त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका बताइएको छ । बिरामी भएकामध्ये अधिकांशको अवस्था सामान्य रहेको पनि प्रवक्ता डुजारिकले जानकारी दिएका छन् ।

उनीहरूले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको बताएका छन् । राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारीमध्ये गत बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए ।

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा