शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना भाइरसका कारण न्यूजिल्याण्डमा पहिलो मृत्यु


  • आइतबार, चैत्र १६ २०७६
12.2K
SHARES

फाइल तस्विर

न्यूजिल्याण्डमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । न्यूजिल्याण्डमा आइतबार कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट पहिलो व्यक्तिको ज्यान गएको हो ।

कोभिड–१९ का कारण मृत्यु हुने न्यूजिल्याण्डको पहिलो व्यक्ति ७० वर्ष पुगेकी महिला रहेको न्यूजिल्याण्ड हेराल्र्डले जनाएको छ । उनको ग्रेमथ हस्पिटलमा ज्यान गएको हो ।

गएको शुक्रबार बिहान ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनको आइतबार बिहान निधन भएको हो । प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोभिड–१९ का कारण भएको ती महिलाको मृत्युले मर्माहत बनाएको बताएकी छन् ।

न्यूजिल्याण्ड अहिले सेल्फ आइसोलेसनमा छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप पूरै देश आइसोलेसनमा गएको हो ।

कोरोना भाइरस विरुद्धको युद्ध जारी रहेको बताउँदै प्रधानमन्त्री ज्यासिन्डाले सबै नागरिकलाई घर भित्रै बस्न आग्रह गरेकी छन् । न्यूजिल्याण्डमा अहिलेसम्म ५१४ जनामा संक्रमण पुष्टि भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा