शनिबार, साउन ९ २०८३
ताजा अपडेट

४ नेपाली कोरोना संक्रमित भएको युएईको पछिल्लो अवस्था के छ ?


  • शनिबार, चैत्र १५ २०७६
13.9K
SHARES

संयुक्त अरब इमिरेट्स (युएई) मा फेरि दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।यूएईको स्वास्थ्य मन्त्रालयको पछिल्लो (शनिबारको) तथ्याङ्क अनुसार  ६३ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो । उपचारार्थ २ को अवस्था सामान्य रहेको दूतावास आवुधावीले जनाएको छ।

युएईमा शनिबारसम्म ४ सय ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार शुक्रबार एक पाकिस्तानी र दुई जना बंगलादेशी नागरिक गरि ३ जना उपचारपछि निको भएका छन् । यो सँगै युएईमा उपचारपछि निको हुनेको संख्या ५५ पुगेको छ। त्यसरी निको हुनेमा दुई जना नेपाली पनि छन् ।

यसैबीच युएईमा तीन दिनका लागि लकडाउनको घोषणा गरिएको आज  अन्तिम दिन हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा