शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

रुपन्देहीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु


  • शनिबार, चैत्र १५ २०७६
14.5K
SHARES

फाइल तस्विर

बुटवल । खोलामा माछा मार्न जाँदा करेन्ट लागेर रुपन्देहीमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको बिहार राज्य लौडगंगा राँची निवासी ३० बर्षीय संजय मौर्यको करेन्ट लागेर मृत्यु भएको हो । उनले न्यु हीरा ईटा कारखानामा काम  गर्ने गरेका थिए ।

मृतक मौर्यको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खडग बहादुर खत्रीले जानकारी गराए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा