शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको बेलायती टिभीको खुलासा


  • शनिबार, चैत्र १५ २०७६
16.2K
SHARES

फाइल तस्विर

काठमाडौं ।
विश्वभर डरलाग्दो तरिकाले महामारीका रुपमा फैलिएको कोरोनो भाइरसको त्रास बढ्दै गइरहेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएको खबर बाहिर आएको छ ।

उनी आफैंले यस घटनाको पुष्टि गर्दै आफु अब क्वारेन्टाइनमा बसेर काम गर्ने र कोरोनासँगको लडाँई लड्ने बताएका छन् । तर यो बीचमा अर्को खबर भाइरल भएको छ । भएको के भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पनि कोरोना संक्रमण भएको खबर आएको छ ।

बेलायतको एक चर्चित टेलिभिजनले यस्तो खबर भाइरल बनाएको हो । तर यो खबरमा कुनै सत्यता भने छैन । भएको के भने बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको नाम हुनुपर्नेमा मानविय गल्तीका कारण पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम राखिएको थियो । उक्त समाचारमा कुनै सत्यता नभएको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेताहरुले स्पष्ट पारेका छन् । उक्त समाचार अहिले च्यानलले हटाएको भए पनि उक्त क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा