शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

साँढे दुई घण्टामा नतिजा दिनसक्ने कोरोना भाइरस टेष्टको किट विकास गरेको भोलिपल्ट जब आमा बनिन्…


  • शनिबार, चैत्र १५ २०७६
17.3K
SHARES

यी हुन् भारतक मिनाल डाखाभे भोस्ले । भारतको मिलाब रिसर्च एण्ड डेभलभमेन्टकी प्रमुख । उनीसहितको टिमले एक हप्ता अगाडि कोरोना भाइरसको टेष्ट किटको विकास गर्यो । छ हप्तामा विकास गरिएको टेष्टको परीक्षण सफल भयो ।

मिलाब रिसर्चले विकास गरेको किटले साँढे दुई घन्टामै नतिजा दिन्छ । जब कि अन्य किटले छ देखि सात घन्टा समय लगाउँछ ।

किटको विकासमा एउटा रोचक विषय छ । किट विकासको नेतृत्वकर्ता वैज्ञानिक मिनाल भोस्ले स्वयं बच्चाको आमा बन्दै थिइन् । उनको नेतृत्वको टोलीले किटको विकास गरेको भोलिपल्ट छोरीलाई जन्म दिइन् । गत हप्ता उनले छोरीलाई जन्म दिनुअघि सजिलो भने भएन । गर्भधारण हुँदा समस्या आएर अस्पतालमा पुगेकी थिइन् । समस्याबारे चेकजाँच गरेको भोलिपल्ट फेब्रुअरी महिनामा किटको विकासको रिसर्चमा तल्लिन भइन् । उनले दश जनाको वैज्ञानिक टोलीको नेतृत्व गरिन् ।

१८ मार्चमा नेस्नल इन्स्टिच्युट अफ भिरोलोजीमा विकसित किट मूल्यांकनका लागि पठाइयो । त्यसको भोलिपल्ट उनले बच्चालाई जन्म दिएकी हुन् ।-बीबीसीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा