शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रहरीको कुटाईबाट एक युवाको मृत्यु


  • शुक्रबार, चैत्र १४ २०७६
20.3K
SHARES

कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर बुधबारदेखि भारतमा २१ दिन लामो लक डाउन सुरू गरिएको छ ।

लक डाउनका बेला बाहिर निस्कनेलाई त्यहाँको प्रहरीले दुर्व्यवहार गर्ने गरेको छ । बुधबार प्रहरीको कुटपिटबाट पश्चिम बंगालमा एक जना युवाको ज्यानै गएको छ ।

पश्चिम बंगालस्थित हाउराह जिल्लाका ३२ वर्षीय लाल स्वामी बुधबार साँझ दूध किन्न भन्दै घरबाट निस्किएका थिए । सडकमा पुगेपछि प्रहरीले उनलाई कुटपिट गर्‍यो । घाइते भएका उनलाई अस्पताल लैजाँदै मृत्यु भयो । उनको परिवारले प्रहरीले हानेको चोटबाट स्वामीको मृत्यु भएको आरोप लगाएका छन् ।

प्रहरीले भने उनलाई हृदयघात भएर मृत्यु भएको दाबी गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा