कोरोना भाइरस संक्रमण रोक्नका लागि सरकारले जारी गरेको ‘लकडाउन’को निर्देशनका कारण संक्रमण नफैलिए पनि जनजीवन भने अस्तव्यस्त बनेको छ । कतिपय मानिसहरूले जागिर गुमाएका छन् भने कैयन को जिन्दगी दिनानुदिन खराब बन्दै गै रहेको छ ।
‘लकडाउन’को सबैभन्दा बढी असर मजदुरी गरेर जीविका चलाउनेहरूको जीवनमा परेको छ । हाम्रो छिमेकी देश भारतमा पनि ‘लकडाउन’का कारण गरिब तथा मजदुरहरू सबैभन्दा बढी प्रताडित बनेका छन् । यातायातको साधन बन्द हुँदा कैयौं व्यक्ति सयौं किलोमीटर समेत हिंड्न बाध्य बनेका खबर सार्वजनिक भएका छन् । यस्तैमा अर्को दु:खद घटना भारतमै घटेको छ ।
भास्कर दैनिकमा प्रकाशित रिपोर्ट अनुसार जागिर छुटेपछि घर आएका भाइले घरमा आउँदा मृत्युको सामना गर्नुपरेको छ । मुम्बईको कान्दीवाली इष्टमा बसोबासको गर्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका आफ्ना भाइ दुर्गेसको हत्या गरेका हुन् । प्रहरीका अनुसार राजेशले भाइलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर दाइको आदेश नमान्दै भाइ भने घरबाहिर निस्कन पुगे ।
यहि कुरामा दुबैका बिच झगडा भयो । झगडा चर्कदैं गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेशलाई अस्पताल लगियो तर डाक्टरले उनलाई मृत घोषणा गरे । ‘लकडाउन’मा घर बाहिर निस्कन खोजेको आरोपमा भएको झगडाका कारण भाइको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।