शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नोबेल पुरस्कार विजेता वैज्ञानिक माइकल लेबिटलको दाबी–‘कोरोना भाइरस अब केही दिनको पाहुना मात्र’


  • शुक्रबार, चैत्र १४ २०७६
20.5K
SHARES

काठमाण्डौ ।
कोरोनाले विश्वलाई भयभित र आक्रान्त बनाइरहेको बेला नोबेल बिजेता वैज्ञानिकले चाँडै राहात प्रदान गर्ने दाबी पेश गरेका छन्।

उनै वैज्ञानिकका अनुुसार कोरोना भाइरस अब केही दिनको पाहुना मात्रै हो भनेका छन् ।

विश्वभर फैलिएको कोरोनाभाइरसको प्रभाव अब खत्तम हुुने मोडमा पुुगेको छ । अब आउनेवाला दिनमा माहौल सुधारिँदै जाने छ । नोबेल पुुरस्कारबाट सम्मानित वैज्ञानिक स्टायनफोर्ड बायोलिजिस्ट माइकल लेबिटले दाबी गरेका छन् कि अब कोरोनाबाट विश्वले छुुटकारा पाउने बेला आएको छ ।
माइकल तिनै वैज्ञानिक हुुन् जसले चीनमा कोरोनाबाट हुने क्षति र अवस्थाको सटिक भविष्यवाणी गरेका थिए ।

माइकलले सन् २०१३ मा नोबेल पुुरस्कार जितेका थिए । लस एन्जल्स टाइम्स्लाई दिएको एक अन्तर्वार्तामा उनले कोरोनाबाट विश्व जगत जति त्रसित भएको छ, वास्तवमा अवस्था त्यति भयावह नभएको बताएका छन् ।

उनको दिएको यो अभिव्यक्तिले विश्वभरका मानिसलाई केही राहात दिएको छ ।

माइकलको यो अभिव्यक्ति यसकारण पनि महत्वपूर्ण छ कि उनले पहिले चीनमा फैलिएको कोरोनाको नियन्त्रणबारे सही समयको आँकलन गरेका थिए ।

विश्वभरका विश्लेषकले चीनमा कोरोना नियन्त्रण गर्न समय लाग्ने बताइरहँदा उनले चीनमा कोरोना संक्रमण घटिरहेकाले यो चाँडै नियन्त्रणमा आउने बताएका थिए ।

माइकलले एक ब्लगमार्फत चीनमा कोरोनाको मृत्युुदर घटिरहेकाले यो छिट्टै नियन्त्रणमा आउने बताएका थिए ।

माइकलले गरेका अनुुमान सही साबित भयो र चीनमा मार्चको पहिलो सातादेखि कोरोनाबाट भइरहेको मृत्युुमा उल्लेख्य कमी आयो ।

माइकलले चीनमा कोरोनाबाट हुुने मृत्युुको पनि भविष्यवाणी गरेका थिए । उनले चीनमा कोरोनाबाट ३२५० जनाको मृत्युु हुुने भविष्यवाणी गरेका थिए भने ८० हजार संक्रमित हुुने विश्लेषण गरेका थिए । तर विश्वका कतिपय विश्लेषकहरुले लाखौं चिनियाको यो भाइरसबाट मृत्युु र संक्रमित हुुने बताएका थिए । माइकलको अनुुमान बमोजिम चीनमा अहिले ३२८७ जनाको कोरोनाबाट मत्युु भएको छ भने ८१२८५ जना यसबाट संक्रमित भएका छन् ।

माइकल लेबिटले अमेरिकामा पनि कोरोना संक्रमण चाँडै नै नियन्त्रणमा आउने बताएका छन् । तर यसका लागि अमेरिकाले विशेष कदम चाल्नुुपर्ने उनले बताए । माइकलले कोरोनाबाट बच्ने र नियन्त्रण गर्ने सबैभन्दा उत्तम विकल्प भनेको सामाजिक दूरी भएको बताएका छन् । उनका अनुुसार विश्वका धेरै मानिसमा यो भाइरससँग लड्ने क्षमता छैन । त्यसैले मानिसहरु बीच दुुरी कायम राख्नुुपर्ने उनले धारणा राखेका छन् ।

कोरोनाभाइरस विश्वबाट चाँडै नै हराए पनि यसले अर्थतन्त्रमा पारेको प्रभाव भने दिर्घकालसम्म देखिने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा