न्युयोर्क । संयुक्त राज्य अमेरिकाका १६ राज्यमा घरमै बस्न आदेश जारी गरिएको छ । नोभेल कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिन थालेपछि अमेरिकाका १६ राज्यमा घरमै बस्न आदेश जारी गरिएको हो ।
अमेरिकाकोकुल जनसंख्याको ३१ प्रतिशत अर्थात १० करोड ५ लाख मानिसहरुलाई हाल घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको हो । तर, सम्पूर्ण राज्यमा आजैदेखि प्रतिबन्ध भने लगाइएको छैन । १६ वटै राज्यमा प्रतिबन्ध लागेपछि करिब १० करोड ४२ लाख मानिसहरु अर्थात ४३ प्रतिशत घरभित्रै रहनेछन् ।
यी राज्यमा घरमै बस्न आदेश जारी गरिएको छ :
क्यालिफोर्निया – बिहीबारदेखि
इलियोनिस् – शनिबारदेखि
न्युजर्सी – शनिबारदेखि
न्युयोर्क – आइतबारदेखि
लउसियाना – सोमबारदेखि
कनेक्टिकट – सोमबारदेखि
वाशिङ्टन – सोमबारदेखि
ओहिओ – सोमबारदेखि
ओरेगन – सोमबारदेखि
न्यु मेक्सिको – मंगलबारदेखि
म्यासाचुसेट्स – मंगलबारदेखि
मिचिगन – मंगलबारदेखि
वेस्ट भर्जिनिया – मंगलबारदेखि
इन्डियाना -मंलबारदेखि
हवाइ – बुधबारदेखि
सीएनएन
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।