शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

भारत आएका इटालीका १० नागरिक उपचारपछि निको भए


  • मंगलबार, चैत्र ११ २०७६
12.9K
SHARES

छिमेकी भारतमा कोरोना भाइरसका बिरामीमध्ये १० जना उपचारपछि घर फर्किएका छन्।
भारतको गुडगाउँको मेदान्त अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेका १० इटालेली निको भएर सोमबार फर्केका हुन्। बीबीसी हिन्दीका अनुसार उनीहलाई दिल्लीको आईटीबीपी क्याम्पबाट अस्पताल ल्याइएको थियो । उनीहरुलाई तीन हप्तासम्म मेदान्त अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो।

इटालीबाट १४ जना आएकामा सबै संक्रमित थिए। यीमध्ये एक व्यक्ति पहिले नै निको भएर डिस्चार्ज भएका थिए। अझै तीन जनाको भने मेदान्तमै उपचार भइरहेको बीबीसीले उल्लेख गरेको छ। त्यसमध्ये एक व्यक्तिको अवस्था अलि जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। ७० वर्षकी एमिलिया ग्यसेपिना एन्तोइनेते कोरोना निको हुनेमध्ये एक हुन् । उनको पतिलाई कोरोना नभएको पुष्टिपछि उनी इटली फर्किएकी छन्। एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा