शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ला लिगा अनिश्चितकालका लागि स्थगित


  • सोमबार, चैत्र १० २०७६
13.7K
SHARES

कोरोनाको महामारी फैलिएपछि स्पेनमा स्पेनिस ला लिगा लगायत सम्पूर्ण फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

स्पेनिस सरकारले कोरोनाको महामारी समाप्त भएको घोषणा नगरेसम्म स्पेनिस फुटबल महासंघ र ला लिगाले फुटबलका सबै गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

अहिले साविक विजेता बार्सिलोना लिगको शीर्ष स्थानमा छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई दुई अंकले पछि पारेको छ । रियलको ५६ अंक छ ।

तेस्रो स्थानमा रहेको सेभिल्लाको ४७ अंक छ । कोरोनाका कारण स्पेन सरकारले अहिले अप्रिल ११ तारिखसम्म देशमा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा