शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोनाबाट भारतमा ८ जनाको ज्यान गयो


  • सोमबार, चैत्र १० २०७६
9.2K
SHARES

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सोमबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो ।
यी व्यक्तिमा शुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर, उनी यो संक्रमणबाट निको भएका थिए । सोमबार उनको मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको हो ।

कोरोना भाइरसको कारण मुम्बईमा मात्र तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतको सरकारले भने उनको मृत्यु कोरोना भाइरसकै कारण गएको हो भन्ने पुष्टि गरेको छैन ।

उनलाई पहिला नै दम र मधुमेहको रोग रहेको बताइएको छ । भारतमा यो भाइरसको संक्रमण अहिलेसम्म ४२५ जनामा देखिएको छ ।

सोमबार भारतीय अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र १५ नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये १४ नयाँ संक्रमित मुम्बईमा देखिएका छन् भने एकजना पुणेमा फेला परेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा