काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकले पूर्वपरराष्ट्रमन्त्री पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिले पाण्डेविरुद्ध उजुरी आह्वानका लागि १० दिनको समय दिएको थियो । उक्त समय आज सकिएको हो । उहाँविरुद्ध कुनै पनि उजुरी नपरेपछि पाण्डेको नाम आजै सुनुवाइ गरिएको हो । गत फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।