शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

तिलोत्तमामा एक महिनाको घर बहाल कर छुट


  • सोमबार, चैत्र १० २०७६
14.9K
SHARES

कोरोना संक्रमणको त्रासका बेला तिलोत्तमा नगरपालिकाले एक महिनाको घर बहाल कर नलिने निर्णय गरेको छ ।

नगरपालिकाका जनप्रतिनिधिसहितको सर्वदलीय वैठकले कोभिड–१९ को असर घरधनीहरुमा समेत परेकाले कर नलिने निर्णय गरेको हो ।

यो निर्णयले भाडामा घर र सटर दिएका घरधनीहरुलाई पनि घर भाडा छुट गर्न नैतिक दवाव पुग्ने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

वैठकले कोभिड १९ को संक्रमण भित्रिन नदिन नगरपालिकाले चैत ११ देखि १७ गतेसम्म नगरपालिका लकडाउन गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान १२ बजेदेखि नगरभित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया/खाजा पसल, हार्डवेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायामशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत सेवा एक हप्ता बन्द हुने छन् ।

अत्यावश्यक सेवामा औषधि, खाद्यान्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, ईन्धन, फोहोरमैला व्यवस्थापनलगायत पर्छन् ।

लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने श्रमिक वर्गलाई छाक टार्न समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गर्ने निर्णय गरेको छ ।

टोल विकास संस्थासँगको सहकार्यमा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको यो अवधिमा दैनिक छाक टार्न समस्या परेमा आवश्यक खाद्यान्नको व्यवस्था नगरपालिकाले गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले बताए ।

बैठकले दैनिक ज्यालादारी काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग÷धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा