शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा


  • सोमबार, चैत्र १० २०७६
11K
SHARES

सभामुख अग्नि प्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन् ।

सभामुख सापकोटाले सरकारको आकस्मिक कोष स्थापना गर्ने निर्णको स्वागत गर्दै आज कोषमा रकम जम्मा गरेका हुन् ।
संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ । सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पूर्व तयारीस्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।
यसैबीच सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको आज अनुगमन समेत गरेका छन् ।

उनले सिंहदरबारस्थित संसद सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसन वार्डको अनुगमन गर्दै सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा