शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

अमेरिकामा कोरोना कहरः यस्तो छ पछिल्लो रिपोर्ट


  • सोमबार, चैत्र १० २०७६
11.5K
SHARES

अमेरिकामा कोरोना भाइरसका कारण भयावह स्थिति सिर्जना भएको छ । पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा कोरोना हालसम्म भाइरसका कारण ४१६ जनाको मृत्यु भएको छ । संक्रमितहरुको संख्या ३२ हजार नाघेको छ । एक हप्ताका बीच अमेरिकामा कोरोना भाइरस तीव्र रुपमा फैलिएको हो ।

क्यालिफोर्नियाका गभर्नर न्युसमेनले कोरोनाको आक्रमण विस्तारलाई समयमानै नियन्त्रण गर्न नसकिएमा दुर्इ महिनाभित्र क्यालिफोर्नियाका २ करोड २४ लाख जनता प्रभावित हुने उल्लेख गर्दै यस्तो आदेश जारी गरेका थिए ।

घरमा वस्न आदेश पाएका अमेरिकीहरुको संख्या अमेरिकाको जनसंख्याको पांच भागको एक भाग रहेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा