सरकारले जघन्य अपराधका आरोपीबाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो ।
यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ ।
गम्भीर अपराध बाहेक लागुऔषध दुर्व्यसनी, अभद्र व्यहार लगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन थालको हो । बुधबार मात्रै सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निर्देशन दिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।