काठमाडौं ।
स्वास्थ्यमा समस्या भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।
एक्कासि ढाड दुखेपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो । समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार, भट्टराईको अवस्था अहिले सामान्य छ । र, आजै डिस्चार्ज गर्ने तयारी छ ।
उनले भने, ‘रक्त सञ्चालनमा अवरोध पुगेको आशंकामा सबै परीक्षण गरियो । तर सबै सामान्य रहेको रिपोर्ट आएको छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।