शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


  • मंगलबार, चैत्र ४ २०७६
10.4K
SHARES

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारसिथित राजमार्गमा बा५८प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं. ३-०२-००९ प ०३५९ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृतकको सनाखत भैनसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्‍वरबाट सुर्यबिनायकतर्फ आउँदै गरेको स्कुटीलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल स्कुटीको पछाडी ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीले स्कुटर चालक मध्यपुर ठिमी नगरपालिका- ८ बोडेकी १८ की इशा ढेकेलाई नियन्त्रणमा लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा