शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

मन्त्री नै बेपत्ताको सूचीमा


  • मंगलबार, चैत्र ४ २०७६
10.2K
SHARES

काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका समयमा पूर्ण र आंशिक बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको बेपत्ताको सूचीमा २ हजार ५ सय ६ जनाको नाम समावेश छ। उक्त सूचीमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नाम पनि समावेश गरिएको छ।

आयोगको सूची अनुसार सबैभन्दा धेरै बेपत्ताको उजुरी बर्दियाबाट परेको छ। बर्दियाका २ सय ५४ जनाको नाम बेपत्ता भएको सूचीमा छ। सूचीअनुसार  दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०/४० जना बेपत्ताको सूचीमा छन्।

सशस्त्र द्वन्द्वको इपिसेन्टर रोल्पा र रुकुमबाट भने बर्दियाको भन्दा कम उजुरी परेको छ। रोल्पाबाट ९७  रुकुमबाट ४५ जनाको मात्रै बेपत्ता पारिएको भन्दै उजुरी परेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा