१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । आयोगले द्वन्द्वकालीन अवस्थामा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नाम सार्वजनिक गरेको हो ।
सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने गोप्य राखिएको छ । बेपत्ता व्यक्तिबारे कुनै सूचना वा प्रमाण भएमा त्यसबारे जानकारी गराउन आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर अथवा कार्यालयमै पुगेर सूचना दिने व्यवस्था मिलाएको छ ।
आयोगका सूचना अधिकारी निराजन घिमिरेले केही दिनअघि आयोगमा परेका उजुरीका आधारमा बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नामावली सार्वजनिक गरिएको जानकारी दिए । बेपत्ता पारिएकाहरूका बारेमा थप प्रमाण, कागजात संकलनको काम भइरहेको पनि बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।