प्रदेश नं. २ को नाम र राजधानी टुंगो लगाउन मंगलबार (आज) मतदान हुँदैछ।
प्रदेशको नाम र राजधानी तोक्न गठन भएको विशेष संसदीय समितिको सुझावअनुसार आज गोप्य मतदान हुने भएको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नाम जानकी र राजधानी जनकपुर भनी अडान राखेको छ। यस्तै प्रतिपक्ष नेपाली कांग्रेसले नाम मिथिला भोजपुरा र राजधानी जनकपुरको प्रस्ताव दर्ता गराएको छ।
मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ। प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन्।
दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ। नेकपाको ३२, कांग्रेसको १९ र नेपाल संघीय समाजवादी पार्टीको १ सांसद छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।