४ चैत, काठमाडौं ।
हरियाणा प्रहरीका तीन अधिकारी बर्दीमा नेपाल प्रवेश गरेका छन् । एक जना सहायक निरीक्षक (सई) को नेतृत्वमा हवल्दार र सिपाही गरी ३ जना भारतीय प्रहरी दैलेख सदरमुकाममा पुगेका हुन् ।
भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरुले भारतमा चोरी र घरमा विषादी हालेर खाना खुवाएको अभियोग लागेका व्यक्तिको ठेगाना खोज्दै आफूहरु आएको बयान दिएका छन् ।
उनीहरुले एक व्यक्तिको नाम र फोटो लिएर नेपाल आएको जिल्ला प्रहरी कार्यालय, दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।
प्रहरी निरीक्षक साउदका अनुसार उनीहरुले गोरखपुर हुँदै सादा पोशाकमै दैलेख आएको बताएका छन् ।
तर, होटलबाट निस्किने बेला भने पोशाकमै प्रहरी कार्यालय जाँदा सहज हुने सोचेर फेरेको उनीहरुले बताएका छन् ।
प्रहरी अधिकृतहरुले अनुमति लिएर मात्र आउनुपर्ने सुझाएका छन् । यद्यपि, सीमा क्षेत्रमा नेपाल प्रहरी र भारतीय प्रहरीबीच अनौपचारिक रुपमा समन्वय हुने गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।