‘कोरोना भाइरस’ फैल्याएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनफिङ्गविरुद्ध अदालतमा मुद्दा परेको छ।
भारतको विहार राज्यको मुजफरपुर अदालतमा वकिल सुधीर कुमार ओझाले सोमबार (आज) राष्ट्रपति सी र भारतका लागि चिनियाँ राजदूत सन वेइदोङलाई विपक्षी बनाएर मुद्दा दायर गरेका बिजनेस् स्टान्डर्ड्सले जनाएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार मुद्दाको सुनुवाइ आगामी ११ अप्रिलमा हुँदैछ।
अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट दुईजनाको ज्यान गइसकेको छ भने संक्रमितहरुको संख्या ११८ कटेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।