आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

कृष्णप्रसाद सिटौला समूहमै गगन थापा र प्रदीप पौडेल


  • सोमबार, चैत्र ३ २०७६
28.1K
SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु आ–आफ्नो कित्ता काट गरिरहेका छन् । १४औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका नेताहरु आ–आफ्नो गुटलाई सक्रिय बनाउँदै जान थालेका छन् । यही क्रममा सोमबार कृष्णप्रसाद सिटौला समूहले काठमाडौंमा भेलाको आयोजना गरेर आफ्नो शक्ति देखाउने प्रयास गरेका छन् ।

गगन थापा, प्रदीप पौडेललगायतका नेताहरुले साथ छाडेको भनिएका बेला सिटौलाले भेलाको आयोजना गरेर कोही पनि आफ्नो पक्षबाट नलग्गिएको सन्देश दिएका छन् । केही समय अघि रामचन्द्र पौडेलले सिटौला समूहका नेताहरु गगन थापा र प्रदीप पौडेल आफूहरुसँग भएको अभिव्यक्ति दिए । यसलाई खण्डन हुने गरी सिटौला समूहको भेला सोमबार भएको हो । १३औं महाधिवेशनमा एक भएका सिटौला समूहका नेताहरु अहिले पनि सँगै रहेको दाबी भेलाले गरेको छ ।

बत्तिसपुतलीमा भएको उक्त भेलामा सिटौला, गगन थापा, प्रदीप पौडेलसहित दुई सय नेता कार्यकर्ता सहभागी थिए । उक्त भेलालाई सम्बोधन गर्दै सिटौलाले आफूहरु सभापति वा वरिष्ठ नेता पौडेल दुवैको समूहमा नभएको जानकारी दिए ।

निर्धारित मितिमा महाधिपेशन गर्नुपर्ने भन्दै उनले कांग्रेसमा सुधारका लागि स्पष्ट रोडम्याप बनाएर अगाडि बढ्ने बताए । यस्तै गगन थापाले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै शक्ति बढाएर परिवर्तनको वातावरण बनाउने दाबी गरे ।
अर्का नेता प्रदीप पौडेलले आफूहरु छुट्टै समूह भएको र सबैले विधान स्वीकार गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन  २०७७ फागुन ७ गतेदेखि १०गतेसम्म गर्ने निर्णय गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा