काठमाडौं ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेकोले मुटु रोगीहरुले विशेष सतर्कता अप्नाउनुपर्नेमा जोड दिएका छन् ।
डा.कोइरालाले मुटु रोगीहरुलाई कोरोना लागेमा मृत्युदर उच्च हुने चेतावनी दिँदै थप सावधानी अप्नाउन आग्रह गरेका हुन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले उक्त रोग लागेका बिरामीहरुलाई भीडमा नजान, खोकी ज्वरोको संक्रमितहरुको नजिक नपर्न र अपरिचत सामान वा व्यक्ति छोएपछि तुरुन्त हात धुन आग्रह गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।