आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ


  • सोमबार, चैत्र ३ २०७६
7.4K
SHARES

फाइल तस्विर

३ चैत, रौतहट ।

रौतहटबाट पेस्तोलसहित सोमबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् ।

बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान,  चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद भएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिए ।

सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनलाई यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीबाट नियन्त्रणमा लिएको उनले बताए ।

बरामद गरिएका हतियारसहित बैतुल्लालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा